
बाग्लुङ । बाग्लुङ जिल्लामा शनिबार चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शंकर रिजालको शनिबार दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर उनसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएकी छिन् । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङ लागेर मरेको छ ।