राजधानीको नयाँ बसपार्कमा बिहीबार बिहानै एक ट्याक्सीमा आगजनी भएको छ
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको जानकारी दिए । प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको उनको भनाइ छ ।
ट्याक्सी आज बन्द आह्वान गरेको प्रचण्ड–नेपाल समूहले जलायो कि अन्य कसैले भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगजनीबाट ट्याक्सी पूर्णरुपमा ध्वस्त बनेको छ ।