झापा, २५ माघ । मेची उद्योग बाणिज्य संघ मेचीनगरले यस वर्षको आर्थिक पत्रकारिता पुस्कार पत्रकार मनिषा चम्लागाइँलाई प्रदान गर्ने भएको छ ।

संघले गठन गरेको पुरस्कार छनोट समितिको आज बसेको बैठकले पत्रकार चम्लागाइँलाई परस्कृत गर्ने निर्णय गरेको हो । सात वर्षदेखि पत्रकारितामा सक्रिय चम्लागाई तीन वर्षदेखि कारोबार दैनिकको झापा सम्वाददाताका रूपमा कार्यरत छिन्।

शिक्षामा स्नाकोत्तर अध्ययनरत चम्लागाइँ आर्थिक बीटबाट पत्रकारिता गर्दै आएकी छन् । उनलाई संघ यही माघ २७ गते धुलाबारीमा हुने साधारणसभा १५ हजार राशीको पुरस्कारसहित सम्मान गरिने भएको छ ।