सामाजिक कार्यमा अग्रसर संस्था “दारी ग्याङ” को पाँचौ बार्षिक उत्सवको उपलक्ष्यमा दारी ग्याङ झापा द्वारा दमकको गणतन्त्र चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको थियो जस्मा ४२ जना पुरुष र १ जना महिलाले रक्तदान गर्नु भएको थियो । पुर्बका विभिन्न ठाँउ बाट भेला भएका युवाहरुको समुहले केक काटेर खुशीयाली आदानप्रदान गर्दै सफलता पुर्बक कार्यक्रम सम्पन्न गरेका छ्न । सयौं को संख्यामा भेला भएका दारी प्रेमी युवाहरुले संस्थाको बर्षिक उत्सवमा उपस्थिति सम्पुर्ण लाई धन्यवाद ब्यक्त गरेका छन। पुर्बमा मात्र नभएर बर्षिक उत्सव देश भरि विभिन्न कार्यक्रम गरेर सम्पन्न गर्ने गर्दै गरेका छन्।यस संस्था विभिन्न समाजिक कार्य मा पुर्बमा धेरै नै सकृय छ । आज सम्पन्न भएको कार्यक्रममा प्रविधिक सहयोग नेपाल रेड्क्रस सोसाइटि उपशाखा दमक , युथ फर ब्लड रहेको थियो भने विभिन्न संस्थाहरुका प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो ।