नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
