कोरोनाले विश्व आक्रान्त पारिरहदा अधिकांस देशहरू पूरा तथा आंशिक लकडाउनमा छन। नेपाल पनि दुई सातादेखी लकडाउनमा छ। बैशाख ३ गतेसम्म लकडाउन रहने आधिकारिक आदेश सरकारले जारी गरिसकेको छ। सबै व्यवसायहरु ठप्प छन, आर्थिक कारोबार नहुनाले व्यवसायीहरु अत्यधिक मारमा परेका छन। बैंक बाट ऋण लिएर व्यवसाय गरिरहेकाहरु व्याज कसरी तिर्ने भन्ने समस्याले चिन्तित छन।
दमकमा एकजना व्यवसायी भन्छन, ” सरकारले बैशाख अन्तिम साता सम्मका लागि ऋण तिर्ने म्याद थप गरेपनी बैंकले व्याजमा १० प्रतिसत छुट भनेर लोभ्याउन खोजिरहेको छ।” लकडाउन कहिसम्ममा खुल्छ भन्ने नै स्पष्ट नभएको यो अवस्थामा कहिले व्यापार गरेर कसरी ऋण तिर्ने भन्ने बिषय देशभरका व्यवसायी हरुको साझा टाउको दुखाइको बिषय बनेको छ।
“सरकारले विपन्न हरुलाइ राहत दिन शुरु गरेको छ तर व्यवसायी लाई चाहिँ खोइ त राहत? कम्तिमा एक महिनाको व्याज छुट पाएपनी ठूलो राहत हुनेथियो,” अर्का व्यवसायी भन्छन। “लकडाउन को बेला पनि बैंकले फोन गरेर ऋण तिर्न दबाब दिन्छ, यसले मानसिक तनाव हुन्छ। निराश व्यवसायी हरुले व्यापार नभएको कारण आत्महत्या गर्ने स्थिति नआओस।” दमककै एकजना हार्डवेयर व्यवसायी चिन्ता व्यक्त गर्छ्न।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सरकारलाई व्यवसायी हरुको यी मागहरूमा ध्यान दिन आग्रह गरेका छन। धेरै व्यवसायीको एउटै आवाज छ, एकमहिनाको व्याज छुट हुदा बैंक घाटामा जादैन तर व्यवसायी लाई त्यसले ठूलो राहत हुन्छ। सरकारले यसमा पहल गरोस। व्यवसायी लाई बेवास्ता गरेर देशको अर्थतन्त्र उक्सिन सक्दैन। अर्थमन्त्रीले बैंकहरु सग छलफल गरेर यो समस्याको चाडो भन्दा चाडो समाधान गर्छन भन्ने अपेक्षा छ, एक फर्निचर व्यवसायीले आशावादी हुँदै भने।