काठमाडौं, ३१ असार । नेपालमा सर्बाधिक बिक्रि हुने ब्राण्ड बजाजको सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल बजाज प्लाटिना विभिन्न अफार्का साथ बिक्रि भइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कोरोना लकडाउन पछि बिशेष छुट र किस्तामा यो मोटरसाइकल उपलब्ध गराएको छ ।

कम्पनिले यो यो मोटरसाइकलको मूल्य १ लाख ६७ हजार ९०० रुपैयाँ निर्धारण गरे पनि नगद र ३० प्रतिशत डाउन पेमेन्ट गरेर किन्ने ग्राहकहरुलाई १२ हजार रुपैयाँ नगद छुट दिएको छ । यसरी छुटपछि ग्राहकले १ लाख ५५ हजार ९०० रुपैयाँको ३० प्रतिशत वापत ४६ हजार ७७० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने १ लाख ९ हजार १३० रुपैयाँ कर्जा लिनु पर्छ । उक्त कर्जा वापतको रकम २ वर्ष भित्रमा तिरिसक्नु पर्ने हुन्छ ।

त्यसै गरि ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाकी रकम एक वर्षमा किस्ता तिर्नेगरि विना व्याजमा पनि किन्न सक्ने छन् । यसरी किन्ने ग्राहकले नगद छुट भने पाउने छैनन् । साथै, २० प्रतिशत डाउन पेमेन्टमा पनि यो मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा मोटरसाइकल किन्नेले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ ।

बजाज प्लाटिनाको बिशेषता

१०२ सीसी क्षमताको इन्जिन रहेको प्लाटिना बजाज कै सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल हो । यो मोटरसाइकलले प्रति लिटर ९६ किलोमिटर सम्म माइलेज दिने छ ।