अन्तत: नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता महत्वपुर्ण २७ निर्णय !

काठमाडौं । लामो समयदेखि जारी कोरोना भाइरस (कोभिड १९) र लकडाउनका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कन पाउने भएका छन् । रोजगारदाताले खर्च नबेहोर्ने र टिकट काट्न हैसियत नभएका कामदारले मात्र यस्तो सुविधा पाउने भएका हुन् ।
असार २९ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ स्वीकृत गरेसँगै त्यस्ता व्यक्तिहरु सरकारी खर्चमा फर्कन पाउने भएका हुन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकले यस्तो जानकारी दिनु भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपुर्ण २७ निर्णय गरेको छ ।