दमक/ झापाको दमक ६ स्थित नया बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभा शुरु भएको छ । मंगलबारदेखि शुरु भएको साधारण सभा अन्तर्गत २० कार्तिक सम्म सदस्यहरुलाई संस्थाको बार्षिक प्रतिवेदन उपलब्ध गराएर सुझाव संकलन गरिने संस्थाले जनाएको छ । कोरोना महामारीका कारण सदस्यहरुलाई आलोपालो साधारण सभाको प्रकृयामा सहभागी गराइने संस्थाका व्यवस्थापक शान्तिराम खनालले जानकारी दिए । मंगलबार संस्थाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष टिकाराम खतिवडासहित संस्थाका सञ्चालक समितिका पदाधिकारी एवम सदस्यहरु र कर्मचारीहरुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
संस्थामा अघिल्लो बर्ष सम्म १२२६ जना सदस्य रहेकामा गत आर्थिक बर्षमा १३६२ जना पुरयाउन सफल भएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी सोही अवधिमा संस्थाले १० करोड १८ लाख रुपैया लगानी गरेकोमा ६ करोड १७ लाख कर्जा असुली गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।