अझै केही महिना बजारमा पैसा फालाफाल हुने प्रक्षेपण हुन थालेको छ। कोभिडको कारण अर्थतन्त्र फुल फेजमा नगएको कारण बजारमा पैसा फालाफाल हुने प्रक्षेपण हुन थालेको हो।
चालु आर्थिक वर्ष लागे देखिनै फालाफाल हुँदै आएको तरलता मंसिरसम्म पनि व्यवस्थापन हुन सकेको छैन। केन्द्रीय बैंकका अनुसार बिहीवारसम्म अझै एक खर्ब २० अर्व रुपैयाँ तरलता छ।
तरलता फालाफाल हुँदा लगानीकर्तालाई भने लगानीको लागि स्वर्णिम समय साबित हुने देखिएको छ। अझै तीन महिना तरलता फालाफालको अवस्था नसकिने भएको हुँदा उनीहरूको लागि स्वर्णिम समय साबित हुने भएको हो। तरलता फालाफाल हुँदा शेयर बजारदेखि अरू क्षेत्रका लगानीकर्ताको लागि ऋण पाउन सहज अवस्था हुन्छ। सहज मात्रै होइन उनीहरूले चलन चल्ती भन्दा निक्कै कम ब्याजदरमा ऋण समेत पाउँछन्। यति बेला तरलता फालाफाल भएकै कारण शेयर लगानीकर्तादेखि अन्य क्षेत्रका लगानीकर्तासम्मले कौडीको भाउमा ऋण पाउन थालेका छन्।
यो अवस्था अझै तीन महिना समाधान हुने छाँट देखिएको छैन। किनकि केन्द्रीय बैंकले चालु आर्थिक वर्ष लागे देखिनै यो समस्या समाधान हुने बताउँदै आएको छ। तर उसले भने अनुसार हुन सकेको छैन। जसको कारणले उसले पटक पटक तरलता व्यवस्थापनको लागि अल्पकालिक औजार प्रयोग गर्दै आएको जनाएको छ।
“चालु आर्थिक वर्ष लागे देखिनै हामीले अल्पकालीन औजार प्रयोग गर्दै बेला बेलामा तरलता व्यवस्थापन गर्दै आएका छौ” केन्द्रीय बैकका प्रवक्ता डा. गुणाकर भट्टले मेरो लगानीसग भने। उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै डिपोजिट, रिपो लगायतका औजार प्रयोग गर्दै केन्द्रीय बैंकले १९१ अर्ब ८१ करोड रुपैयाँ खिचेको छ। पछिल्लो समय मात्रै तीन पटक गरेर केन्द्रीय बैकले ८० अर्ब रुपैयाँ खिचि सकेको छ। बिहीबार मात्रै केन्द्रीय बैकले ५० अर्ब रुपैयाँ खिच्दा समेत बजारमा अझै एक सय २० अर्ब तरलता बाकी छ।
उसले पटक पटक गरेर तरलता खिच्दा समेत पैसा घटेको छैन। जति पटक पैसा खिचे पनि केही समय पछि बजारमा उति नै पैसा भएपछि केन्द्रीय बैकले छोटो समयमै पैसा खिच्न बाध्य हुनु परेको छ। पैसा फालाफाल हुँदा ब्याजदर अझै घट्ने र बचत कर्तालाई व्याजमा मर्का नपरोस् भन्दै केन्द्रीय बैंकले छिटो छिटो पैसा खिचिरहेको भट्टको भनाइ छ।
उसले अझै पनि केही समयमै तरलता व्यवस्थापन हुने बताउँदै आएको छ। बजार चलायमान र आर्थिक गतिविधि बढे लगत्तै तरलता व्यवस्थापन हुने भट्टले दोहोर्याए। तर यति भन्दा भन्दै भट्ट आफै तरलता व्यवस्थापन भई हाल्ने कुरामा विश्वस्त देखिँदैनन्। किनकि पछिल्लो समय आएको भन्सारको तथ्याङ्कले गर्दा उनी आफै विश्वस्त नदेखिएका हुन्। “बजारमा आर्थिक गतिविधि बढ्ने बित्तिकै तरलता व्यवस्थापन हुन्छ।तर भन्सारको तथ्याङ्कले भने त्यत्ति सपोर्ट गरिरहेको छैन” भट्टले भने।
किनकि आयतमुखी अर्थतन्त्र रहेको मुलुक रहेको हुँदा पछिल्लो समय आयात लगातार घट्दो क्रममा देखिएको छ। भन्सार विभागले प्रकाशित गरेको मंसिर महिनाको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा आयात ९.५९ प्रतिशतले घटेको छ। आयात घट्दा मुलुकको लागि राम्रो मानिए पनि आयातित अर्थतन्त्रका कारण यसले नेपाललाई भने राम्रो गर्दैन। यसले अझै पनि बजार फुल फेजमा नआएको पुष्टि गर्छ। बजार फुल फेजमा नआउँदा ऋणको माग कम हुन्छ। ऋणको माग कम हुने बित्तिकै आर्थिक गतिविधि सुस्त रहेको जनाउ दिन्छ। जबसम्म ऋणको माग पर्याप्त हुँदैन तबसम्म आर्थिक गतिविधि पुल फेजमा गएको मानिँदैन। जबसम्म आर्थिक गतिविधि फुल फेजमा आउँदैन तबसम्म ऋणको माग हुँदैन। जब सम्म ऋणको माग बढ्दैन तबसम्म आयात बढ्दैन। जब सम्म आयात बढ्दैन। तबसम्म ऋणको माग हुँदैन। यस कारण पनि तरलता व्यवस्थापन हुनेमा भट्ट कन्फिडेन्स नदेखिएका हुन्।
अधिक तरलता व्यवस्थापनमा केन्द्रीय बैकले अल्पकालीन औजार बाहेक अन्य बिकल्प प्रयोग गर्न नसक्ने केन्द्रीय बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापाले बताए। तरलता व्यवस्थापन बजारले नै गर्ने उनको भनाई छ। “केन्द्रीय बैंकले तरलता व्यवस्थापनकालागि अल्पकालीन औजार मात्रै प्रयोग गर्न सक्छ। वास्तविक तरलता व्यवस्थापन गर्ने भनेको बजारले नै हो। जब सम्म बजारमा ऋणको माग हुँदैन। तब सम्म आफै तरलता व्यवस्थापन हुँदैन। त्यसको लागि राज्य र निजी क्षेत्रले सहकार्य गर्नु पर्छ। अनि मात्रै व्यवस्थापन हुन सक्छ ” थापाले भने।
अझै केही समय व्यवस्थापन हुन कठिनाइ देखिएको थापाको भनाइ छ। किनकि युरोप र बेलायतमा दोस्रो चरणको कोभिडको लहर देखिन सुरु गरेको छ। पर्यटन क्षेत्रबाट गर्ने आम्दानी अझै केही महिना ठप्पै हुन्छ। किनकि पर्यटक आउने सम्भावना छैन। पर्यटक नआउने भएपछि पर्यटन क्षेत्रले माग गर्ने ऋण बढ्दैन। सेवा क्षेत्रमा पनि यसको असर पर्छ। उसले पनि ऋणको माग गर्ने सम्भावना कम हुन्छ। यातायात क्षेत्र पनि पुर्ण रुपमा चलेका छैनन्। उनीहरूको पनि ऋणको माग कम नै हुन्छ। उद्योग पनि चलेका छैनन्। तीनले पनि ऋणको माग कम नै गर्ने छन्। निर्माणमा सुस्तता छ। त्यसले पनि ऋणको माग गर्ने सम्भावना कम छ। उता आयत कम हुँदै गएको छ। आयातको लागि ऋण उपभोग गर्नेको पनि निराशा जनक स्थिति छ। उनीहरूले पनि ऋणको माग गरिरहेको छैनन्। ऋण उपभोग गर्ने सबै क्षेत्रले ऋणको माग नबढाए सम्म तरलता व्यवस्थापनमा कठिनाइ हुने उनको तर्क छ।
“यति बेला जति पनि काम भएका छन, गत वर्षको भन्दा ५० प्रतिशत मात्रै काम भएको छ। ५० प्रतिशत काम हुँदा ऋणको माग पनि ५० प्रतिशत नै हुने भयो। ५० प्रतिशत मात्रै इकोनोमी चल्ने, अनि सतप्रतिसत तरलता कसरी ब्य्बस्थापन हुन्छ ? ५० प्रतिशत इकोनोमि एक्टिभिटी रहेको हुँदा तरलता पनि त्यति नै खपत भएको हो” थापाले भने। ५० प्रतिशत मात्रै ऋणको माग हुँदा तरलता पनि ५० प्रतिशत मात्रै खपत हुन्छ। यसको अर्थ जबसम्म सबै लयमा आउँदैन। ऋणको माग पनि बढ्दैन। जब सम्म ऋणको माग बढ्दैन तब सम्म तरलता समस्या नहट्ने थापाले बताए। सबै कुरा लयमा आउन विश्व परिवेशमै कोभिडको असर न्यूनीकरण हुनु पर्छ। त्यसको लागि तत्कालै हुने स्थिति नदेखिएको थापाको भनाइ छ।
व्यापक ऋणको माग नभए सम्म लगानीकर्ता अल्पकालीन व्यवसायतर्फ हाम फाल्छन्। बैक वित्तीय संस्थाले पनि जसरी पनि पैसा सदुपयोग गर्न भन्दै कम ब्याजदरमै ऋण दिन्छन्। लगानीकर्ताहरू घर जग्गा, शेयर बजारमा बढी आउँछन्। जसले सबैतिरको पैसा अनउत्पादक क्षेत्रमा जाने जोखिम बढी हुने थापाको तर्क छ।
तर व्यक्तिगत रुपमा शेयर बजारका लगानीकर्तालाई भने यो सबैभन्दा ठुलो अवसर हो। कम व्याजमा अझै केही महिना ऋण पाउँने भएकालेे लगानीकर्तालाई भने सर्विणम समय नै साबित हुने देखिएको छ। अन्य क्षेत्र चलायमान नभए सम्म ऋणको माग बढ्दैन। व्याज पनि बढ्दैन। ऋणको माग नबढे सम्म र अन्य क्षेत्र चलायमान नभएसम्म शेयर बजारका लगानीकर्ताको लागि ढुक्कको स्थिति हुने देखिएको छ। किनकि अझै केही महिना बजार फुल फेजमा आउने देखिदैन। तब सम्म शेयर बजारका लगानीकर्ताले अर्को विकल्प सोची हाल्नु पर्ने नदेखिएको हो।
साभार -मेरो लगानी बाट