महिलाहरुको लागि आत्यधिक महत्वपूर्ण जानकारी र हरेक महिलाले जान्नै पर्ने केहि खास कुरा यो पोस्ट मार्फत थाहा पाउनु हुनेछ । महिला को योनिमा देखिने समस्या को बिषय साथ साथै योनि सफा गर्ने विशेष तरिका यस पोस्ट मार्फत प्रकाशित गरेको छौँ । अझै पनि हाम्रो समाज भित्र कतिपय महिलाहरुले खुलेर आफ्नो यौन सम्बन्धित समस्या बाहिर ल्याउन सकी रहेको छैनन । योनी को समस्या सम्बन्धित जानकारी कति लाई थाहा पनि हुदैन र आफ्नो समस्या बाहिर ल्याउन नसक्दा उनीहरु यौन सम्बन्धित रोग को उपचार बाट बन्चित भै यौन रोग को ठुलो समस्या झेल्न बाध्य भै रहेका पनि छन् ।
हामी ठुला ठुला सहर को बारेमा जान्दछौ । प्रयाप्त शिक्षित महिलाहरुको बारेमा जान्दछौ तर आम तौर मा हेर्दा गाउँले जीवन बिताई रहेका महिलाहरु यस्ता योगको सिकार बढी भएका हुन्छन । किनभने उनीहरु अझै पनि खुलेर आफ्नो समस्या राख्न र त्यसको चाडै उपचार गर्न सकी रहेका छैनन् ।
Read More
- खाना अपच वा नपचेर हुने समस्याहरु | Indigestion in Nepali
- मृगौला रोग (Kidney Disease): मृगौला फेल हुने 6 वटा कारणहरु | Kidney Failure Meaning in Nepali
- दुध र बेसार पिउँदा हुने अनेक फाइदाहरु, Milk and Turmeric Benefits in Nepali
- क्यान्सर केमोथेरापी भनेको के हो ? Cancer Chemotherapy Treatment in Nepali
- भोक नलाग्ने कारण र उपचार | Not feeling Hungry in Nepali
आशा गर्छु यो पोस्ट ले त्यस्ता महिला मित्रहरु को लागि के हि सहयोग मिल्नेछ । यो पनि भन्न चाहन्छु “कि कुनै पनि रोग, कुनै पनि व्यक्ति लाई, कुनै पनि समय मा हुन सक्छ” । रोग ले कहिले जात धर्म उमेर हेर्दैन । यो अङ्ग र त्यो अङ्ग भनेर रोग ले कहिल्यै तपाइको कुनै ठाउँ खोज्दैन त्यसैले यसमा लजाउने, डराउने गर्दै रोग लुकाउनु भयो भने यो केवल तपाइको मुर्खता मात्र हुनेछ । आफ्नो समस्या खुलेर राख्न सक्नु यो तपाइको महानता हुनेछ ।
प्राय धेरै जसो महिलाहरुको योनी को समस्या मध्य सबै भन्दा बढी देखिने समस्या हो योनि बाट खराब गन्ध आउनु र सेतो पानि बग्नु । हो, योनि बाट गन्ध आउँनु सामान्य कुरा हो तर सामान्य भन्दा पनि बढी गन्ध आउनु यो भयानक रोग को संकेत पनि हुन सक्दछ ।
महिलाहरुलाई आफु कम्जोर महसुस हुनु, ढाड तथा पेट को तल्लो भाग दुख्नु, योनि वरी परी सेतो पानी देखिनु र सेतो पानी बग्दा टाउको दुख्नु, अल्छी लाग्नु, योनि चिलाउनु वा सुन्निनु, आँखा को तल्लो पट्टि कालो हुनु, खाएको अपच हुनु, भोक लागेको महसुस नहुनु, अनुहारको छाला चाउरी परेको देखिनु, र योनि बढि गनाउनु वा नुहाई सके पछि पनि योनि बाट गन्ध निस्किनु यो महिलाहरुको योनि बाट सेतो पानी बग्नु को असरहरु हुन । यदि तपाई नियमित नुहाउनु हुन्छ । स्वास्थ्य खाने कुरा खानु हुन्छ । रेगुलर भित्रि वस्त्र परिवर्तन गर्नु हुन्छ अर्थात् सिधै भन्नु पर्दा रेगुलर पेन्टी चेन्ज गर्नु हुन्छ तब पनि तपाइको योनी बाट अत्यधिक गन्ध आउछ भने यो ठुलो रोग को समस्या को संकेत पनि हुनसक्छ । तर यदि सामान्य रुपमा थोरै गन्ध आउछ भने यस्तो योनी लाई स्वास्थ्य योनि रहेको नै मानिन्छ ।
यदि तपाइको योनि बाट अत्यधिक गन्ध आइरहेको छ भने चाडै डाक्टर संग सल्लाह लिन जरुरी हुन्छ । तर यदि तपाइको योनी बाट गन्ध आउने समस्या को सुरुवाती मै हुनुन्छ भने तपाइले घरमै पनि यसको उपचार गरेर ध्यान दिन सके यो रोग बाट तपाइले सधैं को लागि छुटकारा पाउन सक्नु हुन्छ ।
यदि यो पोस्ट पढीरहनु भएको तपाई महिला मित्र हो भने यो पोस्ट तपाइको लागि अत्याधिक महत्वपूर्ण छ र तपाइले यो पोस्ट अन्तिम सम्म पढ्न अति जरुरी छ । यदि तपाई पुरुष मित्र ले पढ्दै हुनुन्छ भने तपाइले तपाईंको महिला मित्र लाई सेयर गरि दिएर उनलाई यो जानकारी प्रदान गरि दिन सक्नु हुने छ ।
Suggested :रक्त क्यान्सर (Blood Cancer) को लक्षणहरु | Blood Cancer in Nepali
महिला को योनि मा यदि लामो समय देखि योनी गनाइरहेको छ र सेतो पानी पनि बगि रहेको छ भने यो पाठेघर सम्बन्धित समस्या पनि हुनसक्छ । योनि बाट सेतो, रातो, हरियो वा पहेलो कुनै पनि कलर मा चिप्लो पदार्थ रगत मा मिसिएर बाहिर आउन सक्छ । यदि यस्तो भयो भने प्रजनन अङ्ग मा रोग को संक्रमण पनि हुन सक्छ । सबै कुरा रोग नै लागेको भनेर ठोक्वा गर्न पनि सकिँदैन । कतिपय सामान्य कारण ले पनि हुन सक्छ । तर यदि संका लागेमा चाडै उपचार गर्नु पर्दछ ।
सेतो पानी बग्दैमा आत्ति हाल्नु पनि पर्दैन किनकि यो पानी तपाइको सन्तान उत्पान्दन गर्ने अङ्गहरु जस्तै, क्यभिक्स, ओभरी आदि बाट आएको पनि हुन सक्छ । यसरी आउने सेतो पानी यदि पातलो र नगाउने छ भने यसलाई सामान्य मानिन्छ ।
किनभने अक्सर योनि बाट बग्ने यस्तो तरल पदार्थ पातलो र गन्ध नआउने हुन्छ । तर यदि बाक्लो र अति गनाउने पदार्थ निस्कियो भने यो खतरा को संकेत पनि हुन सक्छ । यदि तपाईं गर्भवती हुनुन्छ भने र योनिबाट सेतो पानी बगिरहेको छ भने यो सामान्य मानिन्छ । तर गर्भवती भए पनि पहेलो, हरियो वा बढी रगत मिसिएर रातो रङ मा गनाउने पानी आइ रहेको छ भने यो तपाइको पाठेघर वा गर्भ मा खतरा को संकेत पनि हुनसक्छ । यदि त्यस्तो भएमा चाडो भन्दा चाडो डाक्टर सङ्ग सल्लाह लिनु पर्ने हुन्छ ।
यदि तपाइको योनि धेरै चिलाउछ र गन्ध पानी बग्ने गर्छ भने यो तपाइको योनि मा संक्रमण भएको हुनसक्छ । पुरुष र महिला को यौन सम्बन्धित समस्या को आन्कडा को आधारमा हेर्ने हो भने पुरुष को भन्दा महिलाहरुको योनिमा बढी समस्या आउने गर्दछ । प्राय जसो महिलाहरुको योनि मा प्रोटोजोन भन्ने परजिवी र फङगज बाट बढी सन्क्रमण हुने गर्दछ । यो संक्रमण ले योनि मा अति पीडा दिने गर्दछ ।
योनि को समस्या जुन सुकै उमेरका जो को हि महिलाहरु पनि हुन सक्छ । यो समस्या महिलाहरुलाई नै हुनु को कारण, प्रकृति ले महिलाहरु को योनिलाई अत्यन्त संबेदनसिल तरिकाले बनाई दिएको छ । महिलाहरुको सरिरको त्यही अङ्ग जहाँ सबै भन्दा बढी पसिना आइरहने गर्दछ । पसिना आए पछि सरसफाई गर्न ढिला गरे त्यहा ब्याक्टेरिया को उत्पादन हुन्छ र उक्त ब्याक्टेरियाहरु महिला को योनि भित्र सजिल्यै प्रवेस गर्दछ र महिलाहरुको जनेन्द्रीय सुन्निने र चाडै संक्रमण हुने गर्दछ ।
यस्तो समस्या हुदा महिलाहरु खुलेर भन्दैनन गनाउने पानी आयो भने अरुको नजिक हुन पनि डराउने र लजाउने गर्दछन र संक्रमण झन बढ्ने गर्दछ । यस्ता समस्या हुन बाट बच्न को लागि महिलाहरुले सबै भन्दा बढी ध्यान दिनु पर्ने कुरा हो सरसफाइ र खानपिन । यदि कुनै महिला लाई बढी पसिना आउने गर्छ र यस्ता योनि को समस्या भै रहन्छ भने कागती पानी ले योनि वरि परि सफा गरि रहन आवस्यक पर्दछ ।
दैनिकि रुपमा पानी बढी पिउन आवस्यक हुन्छ । दैनिक पानी कति पिउने भनी यो लिन्क मा क्लिक गरेर हेर्न सक्नु हुनेछ ।
Suggested : हर्बल वा पुदिनाको फाइदा बारे विशेष जानकारी, पुदिना एक मात्र शक्तिशाली घरेलु औषधि Herbal Benefits in Nepali
खानपिन मा महिलाहरुले केरा , हरियो सागपात, आँप, स्वाउ र अनार बढी खाने गर्नु पर्छ । त्यसै गरि गर्भवती महिलाहरुले आफू खुसी धेरै कुरा खानुहुदैन किनकी गर्भवती हुदा नखानु पर्ने खाने कुरा चै खाइयो भने गर्भ मा असर पुग्न जान्छ र त्यो असर को संकेत बाट योनि मा यस्ता पानी जस्तो पदार्थ बढी आउने गर्दछ । यस्ता कुरा पढ्दा तपाइलाइ अफ्ट्यारो महसुस भए पनि यी सत्यता हुन । यदि कुनै पनि महिलालाई यो पोस्ट ले प्रयाप्त ज्ञान दिन सक्यो भने हामिले जानकारी प्रदान गरेको मा गर्व महसुस गर्ने छौँ ।
महिलाहरु ले योनि सफा गर्ने १० तरिका :
१. पसिना आएको बेला कागती पानी ले योनि वरीपरी सफा गर्ने यदि सकिन्छ भने दैनिक दिन मा एक पटक योनि सफा गर्ने ।
२. मासिक धर्म भएको बेला बिहानै उठ्ने बित्तिकै नुहाउने र सिन्थेसिस अन्डरवयर वा प्याड लगाउने । मासिक धर्म को बेला यसो गर्दा योनि मा राती देखि निस्किएको फोहोर रगत मा ब्याक्टेरिया बढ्न पाउदैन र योनि सफा हुने गर्दछ । प्याड प्रयोग गर्दा यस्ले रगत बाहिर बग्न बाट रोक्नु का साथै बाहिर बाट आउने ब्याक्टेरिया योनि मा पस्न पाउदैन ।
३. यदि कडा काम गरेर वा लामो समय हिडेर पसिना पसिना भएको छ भने एक घण्टा भित्र मा नुहाउनु पर्ने हुन्छ या योनि को वरी परी कागती पानी र मन तातो पानी ले सफा गर्नु पर्ने हुन्छ ।
४. पिसाव गरि सके पछि पानी ले योनि सफा गर्ने बानी गर्नु पर्छ । किनकी पिसाव हाम्रो शरीर बाट फिल्टर भएर निस्किएको फोहोर पदार्थ हो । यसले योनि मा ब्याक्टेरिया उत्पादन सजिलै गर्दछ त्यसैले पिसाव गरि सके पछि योनि सफा गर्न उचित हुन्छ ।
Suggested :तामाको जगमा राखिएको पानी पिउदा फाइदै फाइदा, अति नै महत्वपूर्ण जानकारी
५. यदि योनि बढी चिलाउने गर्छ भने सानो कप को आधा कप अर्थात ५० मिलिलिटर जति गाइको नतताएको काचो दूध मा त्यति नै ५० मिलिलिटर जति पानी मिसाएर दिन मा २ देखि ३ पटक योनि सफा गर्ने गर्नुहोस यसो गर्दा के हि दिन मै योनि चिलाउने रोग निको हुन सुरु हुन्छ ।
६. एक टुक्रा फिट्किरीलाई १ गिलास पानी मा मिसाएर मज्जाले घोली उक्त पानी ले योनि सफा गर्नुहोस । यसो गर्दा योनि मा चिलाउने ठिक हुन्छ भने थप ब्याक्टेरिया बृद्दी हुनबाट पनि बचाउदछ ।
७. एक चम्चा खाने सोडा लाई १ गिलास पानी मा मिसाएर दैनिक १/२ पटक योनि धुने गर्नुहोस । यसो गर्दा केही दिन मै चिलाउने समस्या हराउछ भने ब्याक्टेरिया बढन दिदैन ।
Suggested :महिला ले किन यसरी योनि सफा गर्न जरुरी छ ? योनि सफा गर्ने १० तरिका Cleaning tips to female Private part in Nepali
८. यदि शरीरमा पसिना बढी आएको छ भने तत्काल नुहाएर वा योनि सफा गरेर तत्काल सफा अन्डरवयर चेन्ज गरिहाल्नुहोस । यसो गर्दा अन्डरवयर मा पसिना बाट भएको ब्याक्टेरिया ले योनि मा असर गर्न सक्दैन ।
९. यदि तपाईंको योनि वरीपरि कास लागेको छ भने तुरन्त मन तातो पानी ले सफा गर्नुहोस र कास हटाउने पाउडर प्रयोग गर्नुहोस ।
१०. तपाईं साबुन या डिटर्जेन्ट पाउडर के ले तपाइको अन्डरवयर सफा गर्नु हुन्छ ? यदि डिटर्जेन्ट पाउडर ले अन्डरवयर धुने गर्नु हुन्छ र योनि चिलाउने समस्या पनि छ भने अब आजै बाट डिटर्जेट पाउडर परिवर्तन गर्नुहोस । किनकि डिटर्जेन्ट पाउडर मा भएको केमिकल ले तपाइको योनि मा समस्या गरेको पनि हुन सक्छ ।
तपाइले पुर्ण रुपमा यो जानकारी प्राप्त गरि सक्नु भएको छ । तपाइलाई यो जानकारी कस्तो लाग्यो ? नलजाइ, नडराई निर्धक्क को साथ तल कम्मेन्ट बक्समा लेख्नुहोस । यदि मन पर्यो भने सेयर गरि सबै महिला मित्रहरुलाई यो जानकारी प्रदान गरिदिनुहोस । यदि तपाई स्वास्थ्य सम्बन्धित थप महत्वपूर्ण जानकारी पढ्न चाहानु हुन्छ भने कृपया अहिले नै थप पोस्टहरु क्लिक गरि पढ्नुहोस ।