दमक/ स्रोत नखुलेको एक लाख चार हजार भारतीय रुपैँयासहित दमकका एक युवक मोरङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं ९ का ३१ वर्षीय अजय बलकोटी रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भारतीय सामानको अबैध रुपमा खरिद बिक्री गर्ने धन्दामा संलग्न रहेको आशङ्कामा चेकजाँच गर्दा उनी पाँच सय रुपैयाँ दरका २ सय ८ थान नोटसहित आज (बुधबार) पक्राउ परेका हुन । उनलाई मोरङको रंगेलीस्थित मटेरुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि एकीकृत भन्सार जाँचचौकी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।