उसको जिन्दगीको कथा
पढ्ने बेला पैसाकै अभावमा पढ्न पाएन,
१६ वर्ष पुगेपछि साउदी अरव गयाे,
३/४ लाख ऋणकाे भारी बाेकेर साउदि गएकाे उसले,
३/४ वर्ष लागेर बिदेश उड्दाकाे ऋण तिर्याे,
८/१० वर्ष बुवाअामा/श्रीमती र छाेराछाेरीकाे मुख देख्न नपाएकाे उसले,
३/४ लाख बाेकेर घर फर्कियाे,
अनि नेपालमै केहि गर्ने साेँच बनायाे ।
नेपाल अाएपछि त्यहि ३/४ लाख बुझाएर,
बाँकी किस्तामा मासिक ३५ हजार तिर्नेगरी,
ट्याक्सी किनेर चलाउदै थियाे,
अनुहारमा हल्का खुसी छाउदै थियाे,
जहान जम्मा भएर मिठाेमसिनाे खान शुरु गर्दै थिए,
परिवारमा नयाँ उत्साह अाउदै थियाे,
तर
विचरा,
राष्ट्रवादी,विभिन्न पाटीहरुले गरेकाे नेपाल बन्दमा,
बाटाेमै राखेकाे उसकाे गाडी बिहानै जल्याे ।
गाडीमात्रै जलेन,
उसकाे खुुसी जल्याे, सपना जल्याे, अनि रहर, चाहना सवै जल्याे ।
अब उस्को घरको जिम्मेवार कस्ले लिन्छ ?