प्रधानमन्त्री केपी शर्मा ोलीले बाचा गरे बमोजिम लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा पाठ्यक्रममा समावेश गरिएको छ । सरकारले विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरेको जनाएको छ ।

उक्त कुराको जानकारी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका हुन् । भट्टराईका अनुसार कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा नक्सा समावेश भएको हो ।

“लिम्पियाधुरा, कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश भयो,’’ उनले फेसबुकमा लेखेका छन् ।

मिचिएको भूभागसहितको नक्सा संसदबाट पारित भएपछि नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाइएको समाचार आएको थियो । अहिले सोही नक्सा पाठ्यक्रममा समावेश गरिएको हो ।