धुलाबारीका एक रंगमन्चका कलाकार सागर खातीको निर्देशनमा धुलाबारी कै कथाबस्तुहरुमा धुलाबारी कै आसपासका कला  तथा साहित्यसंग रुचि राख्ने युवाहरुलाई समेटेर नाटक बनाउदैछन | यक्त नाटकका कलाकारहरुलाई धुलाबारी बजारमा घुम्न लगाई आम-सर्वसाधारणसम्म पुगी तिनीको जीवन भोगाई तथा तत्काल अवस्था, परिस्थितीहरुका विषयमा मानसपटलमा आएका प्रश्न सङ्कलन गर्दै , उनीहरुले दिएका प्रश्नहरु बाट नाटक नै निर्माण हुदै गरेको निर्देशक सागर खातीले हामीसंग कुरा गर्दा बताउनएका हुन्  |
आफ्नो ठाउमा केहि गर्न सकिदैन झन् नाटक, कलाकारिता, रंगमन्चका कार्यहरु हुदै हुदैन, स्थानीय मानिसहरुले बुज्दैन्न, सकिदैन भन्ने, सोच्ने धेरै कलाकारहरु जो आफ्नो ठाउ छिडी राजधानी हानिएका, केन्दित भएकाहरुलाई गतिलो उदाहरणीय झापड हानेका छन |

यो सहित निर्देशक सागरले बिना कुनै नाटक घर, LockDown कै अन्तरालमा २ ओटा नाटक निर्देशन गरि सकेका हुन् भने पुर्वका विभिन्न रंगमन्चहरुसंगै आबद्ध भई अन्य धेरै नाटक,Short Movie, हरु बनाई सकेका छन |