झापामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुघटनामा दमक नगरपालिका–९ का २७ वर्षीय पदमबहादुर मगरको मृत्यु भएको हो । शनिबार साँझ गौरादह–१ सितापुरीचोकस्थित पाडाजुगी–गौरीगञ्ज सड्क खण्डमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न.१–०१–०१५प.७५ नम्बरको मोटर साइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक–९ का ३३ को दिपबहादुर मगरलाई केही नभए पनि सोही मोटरसाइकल पछाडि सवार पदमबहादुर घाइते भएका थिए ।

मगरलाई नगर अस्पताल गौरादहमा सामान्य उपचार पश्चात थप उपचारको लागि निम्स अस्पताल दमक पठाएको थियो । थप उपचारका लागि विराटनगर नोबेल अस्पताल रेफर गरिएकोमा आज बिहान ३ः४० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।