दमक/ कोरोनाको प्रारम्भिक चरणमा रगतबाट गरिने परिक्षणका क्रममा दमक ३ को एक परिवारको ३ जनामा पोजिटिभ नतिजा आएपछी थप परिक्षणका लागि आज तिनै जनाको नमूना संकलन गरि धरान पठाइएको छ ।
दमक अस्पतालको आइसुलेन वार्ड्मा राखिएका उनीहरुको नमुना परिक्षणका लागि आज साझ धरान पठाइएको हो । गत चैतको पहिलो साता दुबईबाट फर्किएका एक युवकको नतिजा पोजेटिभ आए लगत्तै परिवारका अन्य सदस्यको पनि परिक्षण गरिएको हो ।
धरानमा पीसिआर प्रबिधिबाट गरिने परिक्षणको नतिजा पछि मात्रै उनीहरुमा कोरोना भए नभएको यकिन हुने बताइएको छ ।