विष्णुप्रसाद पोखरेल

दमक/ दमक ३ मा एकैपरिवारका ३ जनामा कोरोना जाँच गर्दा आरडिटी पोजेटिभ देखिएपछि विहिबार बेलुका नै दमक अस्पतालको आइसुलेसनमा ल्याएर राखिएको छ ।

उक्त घरलाई शिल गर्दै शर्तकता अपनाउन शुरु गरिएको हो । आरडिटी पोजेटिभ भएपनि पिसिआर जाँच नभएसम्म कोरोना संक्रमणको पुष्टि मानिने छैन ।

आरडिटी पोजेटिभ देखिएका कतिपय ब्याक्तिहरुमा पिसिआर नेगेटिभ देखिदै आएको छ । तर एकै परिवारका तीनजनामा झापामा यसरी आरडिटी पोजेटिभ देखिएको थिएन ।

यसभन्दा अघि झापाको हल्दिबारीमा एक युवामा आरडिटी पोजेटिभ देखिएको थियो । पछि उनको पिसिआर नेगेटिभ आएको थियो । दमकमा आरडिटी पोजेटिभ देखिएको परिवारमा एक पुरुष दुवइबाट आएर उनि होम क्वारेन्टाइनमा रहेका थिए ।

उनको विहिबार अपरान्ह दमक अस्पतालमा आरडिटी परीक्षण भएको थियो । त्यो पछि अन्य परिवारको सदस्यको पनि भएको थियो ।

नगरपालिकाले साँझमा जारी गरेको बिज्ञप्तिमा एकजनामा मात्र आरडिटी पोजेटिभ भएको भनिएको थियो । पछि परिवारका सदस्यहरुको पनि जाँचमा देखिएको र स्वाब परीक्षणका लागि पठाएर निक्र्योल गर्ने तयारी भएको बताईन्छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यो प्रारम्भिक मात्र भएकाले थप परीक्षण हुने र त्यसपछि मात्र थप रणनीति अपनाईने जनाए ।

धेरै ठाँउमा आरडिटी पोजेटिभ आएकाहरुको स्वाब परीक्षणमा नेगेटिभ आएको पाईएको छ, उनले भने । आरडिटीमा पोजेटिभ देखिए पनि पीसीआरमा कोरोना भाइरस नेगेटिभ देखिनसक्छ। आरडिटी परीक्षणमा शरीरमा एन्टीबडी रहे/नरहेको जाँचिन्छ।

बिज्ञहरुका अनुसार आरडिटी विधिमा गरिने परीक्षणमा भाइरसका जेनेटिक टुक्रा (जिनका टुक्रा)हरू छन् कि छैनन भन्ने परीक्षण गरिन्छ। यो विधिबाट परीक्षण गर्दा नमुनामा जेनेटिक टुक्राहरू छन् भने भाइरस पनि छ भन्ने कुरा प्रमाणित हुन्छ। यो परीक्षणबाट नमुना लिएको बखत सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ वा छैन भन्ने थाहा हुन्छ।

भाइरस छ भने उनमा संक्रमण छ भन्ने बुझिन्छ। यसरी एक जना संक्रमित भइसकेपछि त्यो भाइरस व्यक्तिको शरीरमा कति समयसम्म रहने भन्ने फरक पर्न सक्छ। सम्बन्धित व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमताको आधारमा यो रहने गर्छ। रोगसँग लड्ने क्षमता अनुसार कोही व्यक्तिमा यो भाइरस छिट्टै पनि हराउन सक्छ भने कोहीमा चार/पाँच हप्तासम्म रहन सक्ने हुन्छ।

तर, पिसिआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण हो। यो परीक्षण गर्न समय पनि उत्तिकै लाग्ने हन्छ, र प्रयोगशालाको सेटअप पनि सोहीअनुसार विशेषको हुन आवश्यक छ। परीक्षण गर्ने व्यक्तिसँग पनि विशेष किसिमको तालिम लिएर विज्ञता हुनुपर्छ।