दमक/ झापा दमकमा रहेको सूर्य दर्शन सहकारी संस्थाले कर्जामा लाग्ने जरिवाना र ब्याज छुट दिने भएको छ । बिश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारणले शेयरसदस्यहरुले उपभोग गर्नु भएको कर्जामा लकडाउन सुरुभएदेखी जेठ २५ गते सम्ममा लाग्ने जरिवाना, हर्जना छुट गरिने र लकडाउन अबधि भित्रको पाकेको ब्याजमा १० प्रतिशत ब्याज छुट दिने सहकारीले जनाएको छ ।

लकडाउन भन्दा अगाडिको तिर्न बाकी रहेको कर्जाको ब्याजमा ५ प्रतिशत ब्याज छुट दिने पनि सहकारीका इश्वर नेपालले जानकारी दिएकाछन् । दमकको ठुला सहकारीमध्ये यो पनि एक हो ।

यसभन्दा अघि सहकारीले आफ्नोतर्फबाट लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाइ दोश्रो चरणको राहत बितरणको लागि दमक नगरपालिकाका प्रत्येक वार्डलाइ वार्ड अध्यक्षमार्फत २ सय ५०केजिका दरले चामल , कमल गाउपालिका लाइ ६ सय केजि चामल र शिवसताक्षी नगरपालिका लाइ ६ सय केजि चामल गरि जम्मा ३७ सय केजि चामल उपलब्ध गराएको थियो ।