दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहद्वारा कार्यालयमै खुकुरी प्रहार भएको छ । मंगलबार बिहान साढे ११ बजे खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ। चार-पाँच जनाको समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले बताए । उनको अहिले तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचार भईरहेको छ ।
gorkhaawaj.com बाट