एक्कासी मेलम्ची खानेपानीको ड्याम फुट्दा भयंकर बाढी आयो, इन्जिनियर सहित २ जना बेपत्ता, २ को उद्दार
मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा दुई जना बेपत्ता भएका छन्।
सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।
सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेतोपाटीलाई जानकारी दिए।
‘दुई जनाको उद्धार गरेर हेलिकप्टरबाट काठमाडौं पठाउँदैछौं,’ प्रजिअ ढकालले भने, ‘हराइरहेकाहरूको खोजी गर्दैछौं।’
परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए।
‘परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्कियो। त्यसले गर्दा समस्या आयो। दुई जनालाई उद्धार गरियो। दुई जनालाई पानीले ह्वात्तै फालिदिएकोले खोजी हुँदैछ,’ उनले भने।
घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।
स्रोतः.setopati.com