काठमाण्डाै – नेकपाको प्रचण्ड-नेपाल समूहका नेता अष्टलक्ष्मी शाक्य पक्राउ पर्नु भएको छ ।

आमहड्तालको आह्वान गर्दै हिँडेका शाक्यसहित अन्य नेता–कार्यकर्ता पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

शाक्यलाई काठमाण्डौको कलङ्कीबाट पक्राउ गरिएको हो । उहाँले कलङ्की क्षेत्रको कमान्डर तोकिएको थियो । यो समूहले आज हामहड्तालको आह्वान गरेपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ठाउँ-ठाउँमा प्रहरी खटिएका छन् । सरकारले ढुक्क भएर आफ्नो नियमित काम गर्न आग्रह गरेको छ ।