————————————————–

विगत केही समय देखि अनलाइन व्यवसायमा हात हाल्ने को सङ्ख्या बढ्दो क्रममा रहेको छ । ग्राहकहरु को सुबिधालाई ध्यानमा राखि विभिन्न कम्पनीहरुले अनलाइन मार्फत आएको अर्डरलाई होम डेलिभरी दिइरहेका छन ।

त्यसै बिचमा ओखलढुंगामा जन्म भइ कार्यथलो दमक झापा बनाइ अनलाइन व्यवसाय गर्दै आउनेमा बिक्रम गौतम पनि एक हुन । हाल दमक – ५ , झापामा स्थाइ बसोबास गरि ए टु जेड सेवा अनलाइन सपिङ्ग प्रा लि कम्पनीको अध्यक्ष पद समालिरहेका गौतम अनलाइन व्यवसायमा स्थापीत हुने क्रममा रहेका छन ।

उनले बिगत ३ वर्ष देखि अनलाइन व्यवसायमा हात हालेको बताएका छन । उनले सुरुवात मा स्मार्ट दमक नामक अनलाइन पोर्टल र एप बनाइ काम गरेको तर त्यस समयमा खासै धेरै स्मार्ट मोवाइलहरु चलाउनेको सङ्ख्या कम भएको कारण र दमक भन्दा बाहिरका मानिसहरुले चासो नगरेको कारणले त्यस स्मार्ट दमक कम्पनीलाई 2 वर्ष चलाएर घाटामा बन्द गर्नु परेको गौतमले बताए ।

बन्द गरेको केही समय नबित्दै गौतम लाई सुविधा पाइरहेका ग्राहकहरु बाट सम्पर्क आउन थाले पछि केही साथीहरू लाई साथमा लिएर फेरि उनले पुरानै व्यवसायलाइ प्रीथक तरिकाले सन्चालमा ल्याएका छन । उनले सुवास गौतम , सुन्दर सर्मा र आशिष् थापाको सहयोगमा ए टु जेड सेवा अनलाइन सपिङ्ग प्रा लि दर्ता गरि दमकमा खाद्यान्न सामानहरु जस्तै खाजा , नास्ता , खाना , किराना सामान, पेय पदार्थहरुको होम डेलिभरी सुविधा भएको ए टु जेड फुड नामक अनलाइन पोर्टल र मोवाइल एप बनाइ ग्राहकहरुलाई एक क्लिकको भर मा घर , पसल , कार्यलय आदि मा सुबिधा दिनका लागि डेलिभरी एप सन्चालन मा ल्याएको बताएका छन ।

अहिलेको समयमा धेरैजसो सबै जना काममा ब्यस्त रहने भएको कारण भाग दौड जिन्दगीमा समयको निकै सदुपयोग हुने , धुलो धुवामा घर बाहिर निक्लि रहनु नपर्ने र धेरै सामान एकै ठाउँमा पाउने र एक क्लिकमा घरमै सामानहरु आउने गौतमले दाबि गरेका छन । ग्राहकले चाहेको रेस्टुरेन्ट मा कुनै पनि परिकार रेस्टुरेन्ट कै दर रेट मा मगाउन सकिने छ । हाल दमक झापामा मात्र सुविधा दिरहेको यस कम्पनीले छिटै बिर्तामोड , बिराटनगर , इटहरीमा समेत सेवा विस्तार गर्ने कम्पनीका अध्यक्ष गौतमले बताए ।

यस कम्पनीबाट सुविधा लिन एन्ड्रोइड फोन भएकाले Play Store र आइफोन प्रयोककर्ताले Apple Store बाट a 2 z Food नामक एप डाउनलोड गरि सुविधा लिन सक्ने बताइएको छ । हाल फ्री होमडेलिभरी को सुविधा पनि रहेको छ । थप जानकारीका लागि ९८१४९००९००, ९८१४९००८८८

B