दमक/कोरोना भाइुरस संक्रमण रोकथाम भन्दै दमक नगरभित्रका बिभिन्न सडकहरुमा लगाईएको ढाँट हटाउन निर्देशन दिईएको छ ।
ढाँट नलगाउन पनि अनुरोध गरिएको दमक नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो ।
ढाट वा तगारो राखी सडक अवरोध गर्न नपाइने हुँदा तत्काल हटाउनु पर्नेछ, निर्णयमा भनिएको छ ।
आपतकालीन अवस्थामा र अत्यआवश्यकीय सवारी साधन सञ्चालनमा यसले अवरोध पुर्याएको थियो ।
