हेटौंडा। हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको ह!त्याको आरोपमा पक्राउ परेका सुस्मिताका परिवारका सदस्यलाई प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले सोमबार सुस्मिताका परिवारका चार जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले सुस्मिताको सुनियोजित ह त्या भएको ठहर गरेको छ । घटनमा संलग्न भएको अभियोगमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई सोमवार सार्वजनिक गरेको हो । प्रहरीले सोमवार पत्रकार सम्मेलन गरी घटनामा अहिले सम्म भएको अनुसन्धानका बारेमा पनि जानकारी गराएको छ ।

सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई पक्राउ गरेको हो । सुस्मिताका ससुरा र नन्दलाई असार ४ गते नै प्रहरीले पक्राउ गरेको थियो ।
सुस्मिताको माइतीले घटनामा अरु पनि संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाउन प्रहरीलाई अनुरोध गरेका थिए । प्रहरीले १३ दिनको अनुसन्धानपछिको प्रारम्भिक निष्कर्ष पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले घटनावारे जानकारी दिएका हुन् ।

सुस्मिताको निधन राति १० वजेको समयमा भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट काठले सुस्मितालाई हा’नेको देखिएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । ससुराले काठले हानेपछि नन्दले पनि लोरोले हा’नेको अनुसन्धानवाट खुलेको प्रहरीको भनाई छ ।

नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको थियो । सुस्मिताको पतिले करिब एक करोड रुपैयाको बिमा गरेको र सोही रकमका कारण उनको ह!त्या गरिएको बताइएको थियो । सुस्मिताको ससुराले बुहारीलाई जवरजस्ती करणी समेत गरेको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । बुहारीले घटना बाहिर ल्याउने डर र बिमाको ठूलो रकमका कारण घटना भएको प्रहरीले जनाएको छ ।

बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर परिवारमा विवाद उत्पन्न भएको देखिएको प्रहरीले जनाएको छ । बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ समेत भने ससुराले झिकिसकेको प्रह,रीले जनाएको छ ।