काठमाडौं । रुकुमका एक युवा जो वैदेशिक रोजगारीमा थिए । उनको विदेशमै निधन भयो । घरमा वृद्ध आमा एक्लै छन । सन्तानको नाममा एक छोरा र एक छोरीको निधन भइसकेको छ । घरमा कमाउने उनै छोरा थिए । ति छोराकै निधन भएपछि आमा र परिवारको बिचल्ली भएको छ । अघिल्लो दिन खाना खाएर राती आमासंग राम्रै कुरा भएको थियो । तर भोलीपल्ट उनी सुतेकै ठाउँमा निधन भयो ।
छोराको निधन भएको एक महिना भइसकेको भएपनि अहिले सम्म शव नेपाल आएको छैन । छोराको निधन पछि आमाको आँखा ओभाएको छैन । वृद्ध अवस्थाकी आमा भक्कानिएर बोल्न पनि सक्दिनन । आमा ६० वर्षको हुन लागिन । उनको छोरा ४० वर्षका थिए ।
उनको श्रीमती र चार सन्तान छन । सबै परिवारको खर्च धान्ने उनी मात्रै थिए । साउदीमा रहेका बुवाको निधन पछि परिवारका सदस्यको बिचल्ली भएको छ । उनको नेपालमा भएका छोरा पनि अपागं छन । २० वर्षको माइला छोरा अपागं छन्, वुवाको निधनको खबर पाएपछि उनीहरु काठमाडौं आएका छन ।
काठमाडौंमा एउटा कोठा भाडा लिएर परिवारका सबै सदस्य बसेका छन । तर अब कोठा भाडा तिर्ने अवस्था पनि छैन । बृद्ध आमा, श्रीमती र चार छोराछोरीको भविष्यका लागि भन्दै साउदी गएका उनी उतै अस्ताए । दिनदिनै के खाने भन्ने समस्या एकातिर छ भने अर्कोतिर श्रीमानको शव कुरेर बसेका छन ।
उनी विदेश गएको ३ वर्ष पुरा भएको थियो । श्रीमती पनि विरामी छन । पाठेघरको शल्यकृया गरेकी उनी प्रत्यक महिनामा अस्पताल जानुपर्ने अवस्था छ । कमाउने उनी मात्र थिए । उनको निधन भएको खबर पछि घरमा चुलो समेत बलेको छैन । केही दिन अघि छिमेकीले ल्याइदिएको चामल थियो त्यो खाएर पेट पालेका थिए । अहिले भने त्यो पनि सकियो ।