हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले वडा नम्बर ४ की सुष्मिता थापाको हत्यामा संलग्न दोषीउपर कानुनले तोके अनुसार आजीवन कारावास हुनुपर्ने बताएकी छन् ।
कपिलबस्तु माइती र हेटौँडा घर भएकी थापा गएको असार २ गते घरमा मृत अवस्थामा भेटिएकी थिईन । थापाको हत्याको आरोपमा उनकै ससूरा प्रकाश थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा र सासू तुलसा थापा संलग्न भएको कारणसहित प्रहरीले सार्वजानिक गरेपछि उनले यस्तो बताएकी हुन् ।
सुष्मितको रहस्यमय मृत्य भएपछि पिडीतलाई न्याय दिलाउन आफु भरपुर लागिपरेको र दोषीलाई कनुनले तोके अनुसारको सम्पुर्ण कारवाही गराउँनका लागि आफु पछि नहट्ने बताईन् ।
योजना सहितको हत्या र आफ्नै परिवारबाट भएको प्रहरीले बताएसँगै हत्यामा कसैको छोरीचेलीको ज्यान गएकोमा यो घटनाले आफुलाई दुखाएको बताईन । कानुनले न्याय गर्नका लागि मृतक थापाको सम्पुर्ण सम्पति सरकारको र दोषीलाई आजीवन कारावास हुनुपर्ने उपप्रमुख लामाको भनाई छ ।
उनले अबका दिनमा यस्ता घटना नघटोस भन्नकालागि बिभीन्न स्थानमा पुगेर अपराधले निम्तने विनास र हुने कानुनी कारवाहीका बारेमा जानकारी दिने , जनचेतनामुलक कार्यक्रम गर्ने र घटनामुक्त बनाउने भरपुर प्रयास रहने प्रष्ट पारिन् ।
प्रहरीले अनुसन्धान गरेसँगै मृतक सुष्मिताको हत्या उनकै परिवारका सदस्यहरु ससूरा प्रकाश थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा र सासू तुलसा थापा संलग्न भएको र उनीहरुका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कायाृलय मकवानपुरले सो घटनाका हत्या भएको र आरोपमा ४जनाई पक्राउ गरेर सोमबार सार्वजानिक गरेको हो ।
lalkhabar.comबाट