काठमाडौं – हाम्रो भान्सामा सजिलै पाइने चीज हो लसुन । लसुन हाम्रो भान्सामा दैनि प्रयोगमा आएको हुन्छ । बिशेषगरी तरकारीमा हालिने लसुनका धेरुै फाइदा छन् । लसुन तरकारीमा स्वादका लागि मात्र होइन अन्य कार्यको लागि पनि उपयोगी छ ।
यसमा धेरै औषधीय गुण हुन्छ । यसको प्रयोग गर्न जानेमा धेरै फाइदा लिन सकिन्छ । हामिले एक पोटी लसुनबाट पनि धेरै फाइदा लिन सकिन्छ । यसको सेवनले उच्च रक्तचाप हुनबाट बचिन्छ । यसको सेवनले पेट सम्बन्धि हरेक समस्या समाधान हुन्छ ।
यदि दाँत दुखेमा पनि लसुनको सेबन गरेमा दुखाई कम गर्न सकिन्छ । लसुनको सेवन गर्ने गरेमा मधुमेह, डिप्रेशन र क्यान्सर जस्ता रोग लाग्नबाट बचिन्छ । लसुनको दैनिक सेवन गर्ने गरेमा पाचनक्रिया पनि राम्रो हुन्छ । तपाइलाइ रुघाखोकी लग्ने समस्या छ भने पनि दैनिक लसुनको सेवन गरेमा ठिक हुन्छ । खानेकुरा नरुच्ने, ग्यास्ट्रिक हुने समस्या भएपनि लसुन खानु राम्रो हुन्छ ।