झापाको दमक २ स्थित प्रतिफल कृषि सहकारी सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्नहरुका लागि २५० केजी चामल राहत स्वरुप प्रदान गरेको छ ।

सस्थाले दमक २ का सर्वसाधारणहरुले लक डाउनका कारण दैनिक रोजगारीमा जान नपाउदा जिविकोपार्जनमा भएको समस्यालाइ मध्यनजर गर्दै वडा कार्यलय मार्फत सो राहत प्रदान गरेको सस्थाका ब्यवस्थापक राजु अधिकारीले जानकारी दिनु भयो ।

सो राहत सामग्री सस्थाका अध्यक्ष खेमनाथ सापकोटा र ब्यवस्थापक अधिकारीले वार्ड अध्यक्ष प्रजापति सापकोटालाई हस्तान्तरण गरेका थिए ।