दमक। नेपाल बिध्यार्थी संघ दमक नगर समितिले कोरोनाको सम्भावित जोखिम न्यूनीकरणको प्रयास बढाउदै एस इ इ , कक्षा ११ र १२ को परिक्षाका तयारीका लागि अनलाइन माध्यमबाट पढाई सन्चालन गर्न माग गरेको छ । संघका नगर सभापति पासाङ तामाङले हस्ताक्षर गरेर जारी गरेको बिग्यप्तीमा बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका बिध्यार्थीलाई घर फर्किने वातावरण बनाउन वा उचित तवरबाट खाने बस्ने ब्यवस्था मिलाउन पनि माग गरिएको छ । हेर्नुस् संघले जारी गरेको बिग्यप्ती जस्ताको तस्तै