दमक/ झापा दमकका १२ वटा लायन्स क्लबहरू र दमक उद्योग बाणिज्य संघको तर्फबाट दमक र कमल गाँउपालिकाका सुरक्षा निकायहरुलाई टाढासम्म हेर्न मिल्ने १ सय ६ थान टर्च लाइट प्रदान गरिएको छ ।

रातको समयमा गस्ति गर्नका लागि सहजहोस भनेर राम्रा किसिमका टर्चलाइटहरु प्रदान गरिएको लायन्स लिडर बबरजंग थापाले बताएकाछन् ।

हस्ताण्तरणमा संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई, प्रथम उपाध्यक्ष राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी दमक उद्योग बाणिज्य संघको पहलमा नै सुरक्षाकर्मीहरुलाई पिपिइ पनि प्रदान गरिको छ ।

संघका प्रथम उपाध्यक्ष राजु खड्काका अनुसार दमक नगर प्रहरीलाई ५, इलाका प्रहरी कार्यालय दमकलाई १५, इलाका प्रशासन कार्यालय दमकलाई ५ थान, ट्राफिक प्रहरीलाई १५, शसस्त्र प्रहरी औधोगिक सुरक्षा गुल्म लखनपुरलाई १५ थान दिईएको हो ।

फेसन सेन्टर दमकले यो उपलब्ध गराएको थियो ।