वि.सं.२०७७ वैशाख -१४,आइतवार, ई.सं.२०२० अप्रिल – २६,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलाथ्व,प्रमादी संवत्सर, उत्तरायण, ऋतु-वसन्त,वैशाख शुक्लपक्ष तिथि-तृतीया , ११:४० बजे उप्रान्त चतुर्थी,नक्षत्र-रोहिणी , २१:१९ बजे उप्रान्त मृगशिरा,योग-शोभन , २२:३५ बजे उप्रान्त अतिगण्ड,करण-गर ११:४० बजेदेखि वणिज , २३:५६ बजे उप्रान्त वालव,चन्द्रराशि-वृष,आनन्दादि योग-धाता,सूर्योदय-०५:३१,सूर्यास्त-१८:३४,दिनमान-३२ घडी ३९ पला ।व्रत/पर्व-अक्षय तृतीया। धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा। कोटेश्वर महादेवस्थानमा शिव–पार्वती विवाह महोत्सव।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सम्झनालायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ, उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ८ रहेको छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,भ्रमण,आजको शुभ अंक ३ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,आजको शुभ अंक ११ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सवारी साधन चलाउँदा संयमित रहनुहोला,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,आजको शुभ अंक ६ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,सचेत रहनुहोला,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्मा मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,नोकारीमा समस्या आउनेछ, सचेत रहनुहोस,आजको शुभ अंक ७ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आजको शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गोपनीयतामा ध्यान दिनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,आजको शुभ अंक १० रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,आजको शुभ अंक ५ रहेको छ। दिब्य ज्योतिष बाट साभार गरिएको