सिधाखबर \ हेटौँडा उपमहानगरपालीका वडा नम्बर ४ कर्रा सुर्यचोक स्थित आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसीक्षेत्रीको हत्यामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले आज सार्वजनिक गरेको छ ।सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न अभियुक्त मृतककी ५८ वर्षीय ससुरा प्रकाश थापा,५० बर्षीया सासु तुलसा थापा र नन्दहरू २७ बर्षीया दुर्गा थापा २३ वर्षीय नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले घरयासी विबादमा ससुरा प्रकाश थापा, नन्द सिता थापा सहित परिवारका सदस्यले नै हत्या गरेको अनुशन्धनबाट खुलेको बताएका छन् । मकवानपुर प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्द लाई गत असार ४ गतेनै पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रकृया सुरु गरेको थियो।प्रहरीले १३ दिनको अनुसन्धान पश्चात उनिहरुलाई सार्वजनिक गर्न सफल भएको हो । केही दिन अघिमात्र महिला अधिकारकर्मीहरुले हेटौडामा सुस्मिताको हत्यारा सार्बजनिक गर्न प्रर्दशन गरेका थिए । हत्यामा संल्गनलाई मुलुकी फौजदारी अपराध संहिता,२०७४ को दफा ४१ का बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीबित रहेसम्म कैद हुने गरी जन्मकैद हुने प्रहरीले बताएको छ ।