सन्दर्भ मैले नाफाका पुस्तकहरू बारे रचनात्मक प्रतिक्रिया दिनखोज्दा Bipin Ghimire सरले ‘लेखी पठाउनु’ भन्नु भएको अनि मैले हल्का ठट्टा गर्दा “नाफाले प्रकाशन गरेको पुस्तकमा त्रुटी (त्रुटि) छैन” र ‘मनगढन्ते र हावादारी कुरा’ भन्नुभएकोले आउने दिनहरू बकम्फुसे र बेकारका कुराहरूमा व्यथित नगर्ने प्रण सहित नाफाको बारे मेरो अन्तिम पोस्ट –
** उत्तम नेपाली’ पुस्तकको आवरणपृष्ठमा ‘बलियो’ लाई ‘वलियो’ भनेर लेखिएको अनि भित्र ‘स्वदेश्’ लाई ‘श्वदेश्’ अनि ‘ब’ र ‘व’ का गलत प्रयोग जस्ता सानासाना त्रुटिहरू नेपाली भाषाका कुनै ज्ञाताको हात परे सच्चाउने काम हुनेथ्यो । Mukesh Malla
”श्री जुद्धकला पाठशाला” मा लेखक परिचयमा कसरी ‘चित्र-कलाकार, चित्र-कलाकार’ दुई पल्ट दोहोरिएको ? ‘चित्र-कलाकार मै हुँ’ भनेर बढी जोड दिइएको कि माथी नामसँग आउनुपर्ने शब्द उछ्छित्तिएर तल पुगेको, स्पष्ट भएन । तेज बहादुर चित्रकारलाई चित्रकारी (सरकारी कागजमा जे भएता पनि थर “चित्रकार” हो), केशव दुवाडी लाई दवारी, थापिट् अनि अरू अनगिन्ती टाइपोहरू ।
सोही पुस्तकभित्र धेरै ठाँउमा पादटिप्पणी क्रमसंख्याहरू प्रयोग गरिएता पनि ति टिप्पणीहरू कुन कुन पुस्तकहरु र दस्ताबेजहरूबाट उद्धरण गरिएका हुन्, ग्रंथसूची खोज्नु हम्मेहम्मे भएकोले ढाँचा सुधारिनु पर्यो ।
तथ्यको कुरा गर्दा “तेज बहादुर चित्रकारीलाई ८३ साल मार्ग १५ गतेदेखि बर्ष दुईसम्मलाई …….. ठेकिएको दुई बर्षमा परीक्षा उत्तीर्ण नगरेकोले उनलाई स्वदेश फर्काइएको” (श्री जुद्धकला पाठशाला / पृष्ठ ८३) मा तेज बहादुर चित्रकारलाई १९८३ साल मार्ग १५ (i.e. 1927 January 28, Friday) पछि मात्र कलकत्ता पठाईएको तथ्य कृपया खुलाईदिनुपर्यो । १९२४-२७ इस्वीका कलकत्ताका धेरै कृतीहरू प्रमाणका रुपमा रहेकाले लेखकको तथ्य बलियो देखिएन्। कस्को अनुसन्धान र अध्ययन नपुगेको छुट्याई पाउँ । Madan Chitrakar
“शशी शाह : कलायात्रा“ मा एक अग्रज र श्रदय कलाकारको व्यक्तिगत स्वभावलाई लिएर “आनीबानी, द्वैधचरित्र, सिद्धान्तहीन र मौकाबाज्” शिर्षकका उपअध्यायहरू स्तरहीन छन् । हाम्रा अघिल्लो पुस्ताहरूलाई आदर र सम्मान गरी उहाँहरूको योगदानको बिगुल फुक्नु हाम्रो दायित्त्व हो । तर त्यो शैली ठिक लागे आउने पुस्ताले नि यो पुस्ताका दोषहरू पनि त्यसरीनै खोट्याउने छन् । बाटो यही पुस्तकले देखाएको छ ।
अन्त्यमा Bipin Ghimire सर कै वाक्य उद्धरण गर्दा “आफुभित्र गुम्स्याएर राखिएको कुण्ठालाई ओकल्दा नेपाली ललितकला क्षेत्रको परिवेश नै फोहोर हुने हुन्छ“ भन्ने कुरा डा. रामकुमार भौकाजीको लेखक परिचयमा प्रष्ट देखियो । उहाँले आफुभित्र गुम्स्याएर राखिएको कुण्ठालाई ओकल्दा नेपाली ललितकला क्षेत्रको परिवेश नै फोहोर हुने हो कि भन्ने डर भो । नत्र प्राज्ञिक क्षेत्रमा यस्ता अभ्यासहरु शोभानिय होईनन् ।
नोट: बाँकी त्रुटि र गुदीमा दरिद्रताहरू खोट्याउने काम नाफाले नै गरोस् । धन्यवाद
साभार: Sujan Chitrakar ज्युको Facebook बाट