लिस्वन । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट नेपालीलाई राहत दिलाउन झापाली समाज पोर्चुगलले संकलन गरेको रकम हस्तान्तरण गरिएको छ । समाजले कोरोना राहतका लागि ४४४ युरो सहयोग गरेको हो ।
समाजले संकलित रकममध्ये गैह्र आवासिय नेपाली संघ पोर्चुगल तथा नेपाली कन्सुलेटको संयोजकत्वमा स्थापना भएको राहत कोषमा ३३३ युरो सहयोग गरेको छ ।
यस्तै, समाजले ब्रिहलान्ते हिमालयको राहत कोषमा पनि १११ युरो सहयोग गरेको समाजका अध्यक्ष सुमन शर्मा चौलागाईले जानकारी दिए ।