सिर्जना फाइनान्स (SFFIL) ले लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको पुस ९ गते बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १४.२७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।