एजेन्सी । ब्राजिलियन स्टार नेयमारकी आमा आमा नादिया गोनकाल्भेस यसतवेला छोराभन्दा कान्छा युवाको प्रेममा फसेकी छन् । ५२ वर्षीया नादिया र २२ वर्षीय तियागो रामोसको सम्बन्धले अहिले निकै चर्चा बटुलेको छ । रामोस नेयमार भन्दा ६ वर्ष कान्छा छन् । नेयरमारकी आमा नादियाले आफुभन्दा ३० वर्ष कान्छो केटा रामोससँग ‘डेटिङ’ गरिरहेको फोटो समेत सार्वजनिक गरेकी छन् ।
नादियाले इस्टाग्राममा फोटो सार्वजनिक गर्दै ‘तिमीसँग रहँदाको वर्णन अकल्पनीय छ’ भनेर लेखेकी छन् । नेयमारले पनि आमालाई ‘खुसी रहनु, धेरै माया’ भन्दै प्रतिक्रिया दिएका छन् । नादिया र नेयमारका बाबु एवम् एजेन्ट वाग्नर रिबेइरोले सन् २०१६ सम्बन्ध विच्छेद गरेका थिए । २५ वर्षे वैवाहिक सम्बन्ध त्याग्दै छुट्टै बसिरहेकी नादिया २२ वर्षीय युवासँग मस्ती मार्दै छन् ।
रामोस मोडल हुन् । नादिया र रामोसको भेट मोडलिङकै क्रममा भएको थियो । नेयमारले आमाको प्रेम सम्बन्धलाई साथ दिँदा उनका पूर्वपति रिबेइरोले इमोजी पठाएका छन् । यद्यपि नेयमार आमा, बाबु र बहिनी सबैसँग नजिक छन् । एजेन्सी बाट